मेनु

खोज रिपोर्ट

खोज पत्रकारिता सिक्ने अवसर

खोज पत्रकारिता केन्द्र (खोपके) र फिनल्याण्डको युनियन अफ जर्नालिष्ट/भिकेस फाउन्डेसनको सहआयोजनामा पत्रकारहरूको सीप वृद्धिका लागि खोज पत्रकारिता तालीम संचालन गरिंदैछ । दुई चरणमा गरी १० दिन चल्ने यस तालीममा खोज पत्रकारिताका सैद्धान्तिक तथा व्यवहारिक पक्षमा प्रशिक्षण दिइनेछ ।

यस वर्ष यो कार्यक्रम पश्चिमाञ्चलमा केन्द्रित रहनेछ । तालीम कक्षा क्रमशः साउन र कात्तिक महिना (२०७१) मा सञ्चालन हुनेछन् । तालीममा बढीमा २५ जनालाई सहभागी गराइनेछ । पश्चिमाञ्चलका विभिन्न मिडियामा कार्यरत महिला, जनजाती, मधेशी या पछि परेका क्षेत्रका योग्य उमेदवारहरूलाई सहभागिता जनाउन विशेष प्रोत्साहित गरिनेछ । सहभागी छनौटको मुख्य आधार उमेदवारको क्षमता, रुची र लगनशीलता हुनेछ । छनौटमा परेका प्रशिक्षार्थीलाई तालीमको निश्चित मिति सहित थप विवरण यथा समयमा उपलब्ध गराइनेछ ।

प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा चार वर्ष वा स्नातक तह उत्तीर्ण गरी कम्तीमा दुई वर्ष कुनै सञ्चारमाध्यममा सूचनामूलक रिपोर्टिङ गरेका पत्रकारहरूले २०७१ असार २५ गते (९ जुलाइ, २०१४) भित्र खोपकेको कार्यालय वा इमेलमा प्राप्त हुने गरी आवेदन दिनु पर्नेछ । आवेदनपत्र साथ व्यक्तिगत विवरण र आफूले रिपोर्टिङ गरेका दुईवटा समाचार संलग्न गर्नुपर्नेछ । त्यस वाहेक आफूले तालीम लिन चाहनुको कारण र अपेक्षा बारेमा ५०० शब्दमा नबढाई लेख्नुहोला । प्राप्त आवेदन स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खोपकेको सम्पादक समूहमा निहीत रहनेछ ।

खोज पत्रकारिता केन्द्र

पूर्णचण्डीमार्ग, जावलाखेल, ललितपुर

पोष्ट बक्सः २४८४६

फोनः ०१–५५३१४३४

इमेल: [email protected]

वेव : www.www.cijnepal.org

प्रतिक्रिया दिनुहोस्

थपखोज रिपोर्ट

तात्तिँदो मुस्ताङ, उकालिँदो खेती, थपिँदा चुनौती

तात्तिँदो मुस्ताङ, उकालिँदो खेती, थपिँदा चुनौती

बढ्दो तापक्रम र वर्षासँगै मुस्ताङको खेतीपाती बदलिएको छ । तर यो परिवर्तनसँगै बढेका रोग, पानीको संकट र पशुपालनका चुनौतीसँग जुध्न...
माथि बद्लिँदो हिमाल, तल जोखिममा जलविद्युत् र स्थानीय आम्दानी

माथि बद्लिँदो हिमाल, तल जोखिममा जलविद्युत् र स्थानीय आम्दानी

हिमाली क्षेत्रको हलचलले जलविद्युत् आयोजनाको सुरक्षा र बिजुलीबाट समृद्धि हासिल गर्ने सपनालाई  अनिश्चित बनाएको छ। एकपछि अर्को बाढीको असर विद्युत्...
११ अर्ब ७८ करोडको बीमा अनुदान, किसान भने जोखिममै

११ अर्ब ७८ करोडको बीमा अनुदान, किसान भने जोखिममै

साना किसानलाई बीमामा आकर्षित गर्न सरकारले कृषि तथा पशुपन्छी बीमाको प्रिमियममा अर्बौं रुपैयाँ अनुदान दिँदै आए पनि बाली बीमामा साना...