मेनु

खोज रिपोर्ट

खोज पत्रकारिता सिक्ने अवसर

खोज पत्रकारिता केन्द्र (खोपके) र फिनल्याण्डको युनियन अफ जर्नालिष्ट/भिकेस फाउन्डेसनको सहआयोजनामा पत्रकारहरूको सीप वृद्धिका लागि खोज पत्रकारिता तालीम संचालन गरिंदैछ । दुई चरणमा गरी १० दिन चल्ने यस तालीममा खोज पत्रकारिताका सैद्धान्तिक तथा व्यवहारिक पक्षमा प्रशिक्षण दिइनेछ ।


खोज पत्रकारिता केन्द्र (खोपके) र फिनल्याण्डको युनियन अफ जर्नालिष्ट/भिकेस फाउन्डेसनको सहआयोजनामा पत्रकारहरूको सीप वृद्धिका लागि खोज पत्रकारिता तालीम संचालन गरिंदैछ । दुई चरणमा गरी १० दिन चल्ने यस तालीममा खोज पत्रकारिताका सैद्धान्तिक तथा व्यवहारिक पक्षमा प्रशिक्षण दिइनेछ ।




यस वर्ष यो कार्यक्रम पश्चिमाञ्चलमा केन्द्रित रहनेछ । तालीम कक्षा क्रमशः साउन र कात्तिक महिना (२०७१) मा सञ्चालन हुनेछन् । तालीममा बढीमा २५ जनालाई सहभागी गराइनेछ । पश्चिमाञ्चलका विभिन्न मिडियामा कार्यरत महिला, जनजाती, मधेशी या पछि परेका क्षेत्रका योग्य उमेदवारहरूलाई सहभागिता जनाउन विशेष प्रोत्साहित गरिनेछ । सहभागी छनौटको मुख्य आधार उमेदवारको क्षमता, रुची र लगनशीलता हुनेछ । छनौटमा परेका प्रशिक्षार्थीलाई तालीमको निश्चित मिति सहित थप विवरण यथा समयमा उपलब्ध गराइनेछ ।




प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा चार वर्ष वा स्नातक तह उत्तीर्ण गरी कम्तीमा दुई वर्ष कुनै सञ्चारमाध्यममा सूचनामूलक रिपोर्टिङ गरेका पत्रकारहरूले २०७१ असार २५ गते (९ जुलाइ, २०१४) भित्र खोपकेको कार्यालय वा इमेलमा प्राप्त हुने गरी आवेदन दिनु पर्नेछ । आवेदनपत्र साथ व्यक्तिगत विवरण र आफूले रिपोर्टिङ गरेका दुईवटा समाचार संलग्न गर्नुपर्नेछ । त्यस वाहेक आफूले तालीम लिन चाहनुको कारण र अपेक्षा बारेमा ५०० शब्दमा नबढाई लेख्नुहोला । प्राप्त आवेदन स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खोपकेको सम्पादक समूहमा निहीत रहनेछ ।




 




खोज पत्रकारिता केन्द्र

पूर्णचण्डीमार्ग, जावलाखेल, ललितपुर

पोष्ट बक्सः २४८४६

फोनः ०१–५५३१४३४

इमेल: [email protected]

वेव : www.www.cijnepal.org


प्रतिक्रिया दिनुहोस्

थपखोज रिपोर्ट

पानीको संकट एउटै, तीन तहका सरकार तीनतिर

पानीको संकट एउटै, तीन तहका सरकार तीनतिर

कैलालीमा पानी, ताल र जलाधार संरक्षणका नाममा करोडौं रुपैयाँ खर्च भइरहे पनि भूमिगत पानीको सतह घट्दै, ताल खुम्चिंदै र नल्का...
नगर प्रहरी: जनसेवाको संयन्त्र कि सत्ताको लौरो

नगर प्रहरी: जनसेवाको संयन्त्र कि सत्ताको लौरो

स्थानीय तहको सेवा प्रवाह र कानून कार्यान्वयनमा सघाउन संविधानले परिकल्पना गरेको नगर प्रहरी धेरैतिर नागरिकमाथि बल प्रयोग र धरपकडको साधन...
घरझगडामा डुबेको समाज

घरझगडामा डुबेको समाज

बिहे गर्नका लागि नेपालले तोकेको उमेर नपुगेका जोडीले पनि सम्बन्धविच्छेद गरिसकेका हुन्छन् । अनि नेपालको औसत आयुभन्दा बढी उमेरका जोडी...