मेनु

खोज रिपोर्ट

खोपकेको खोजमा आख्तियारको चासो : स्कुलसंग घूश दिएको प्रमाण मागियो

खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको सुर्खेतमा बिद्यालय भवन निर्माण गर्दा जिल्ला शिक्षा कार्यालयका कर्मचारीले घुस खाएको समाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो राखेको छ । यस बिषयमा आवश्यक कारवाही अगाडी बढाइने अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यश्चिमाञ्चल क्षेत्रीय कार्यालयका निमित्त प्रमुख जंगबहादुर डांगीले जानकारी दिए ।

आर्थिक बर्ष २०७०/०७१ मा सुर्खेत जिल्लाका सामुदायिक बिद्यालयहरुमा निर्माण भएका बिद्यालय भवन र शौचालयहरु बाट जिल्ला शिक्षा कार्यलय सुर्खेतका प्रबिधिकहरुले अनुगमन खर्चका नाममा प्रति आयोजना ५ देखि १५ प्रतिशतसम्म रकम कमिशन खाएको, तोकिएको पसलबाट निर्माण सामाग्रि खरिद गर्न दबाब दिएको र सदरमुकाममै बसेर बिद्यालय भवन निर्माण सम्पन्न भएको प्रतिवेदन तयार पारेको करतुत खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको थियो ।

यस बिषयमा जिल्ला शिक्षाकार्यालय सुर्खेत मार्फत जानकारी माग गर्ने काम भइसकेको र अपुग बिषयमा थप अनुसन्धान भईरहेको डांगीको भनाई छ । यो सम्बन्धि अनुसन्धानलाई प्रभावकारी र पारदर्शि बनाउन अनुसन्धान कार्यमा सहयोग पुर्याउन डांगीले सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।

यता जिल्ला शिक्षा कार्यलय सुर्खेतले अख्तियारको चासो संगै यस बिषयमा स्रोत केन्द्रहरु मार्फत सम्बन्धित बिद्यालयहरुमा घूस प्रकरण बारे जानकारी लिने काम भईरहेको बताएको छ । जिल्ला शिक्षा अधिकारी दीपा हमालका अनुसार, ‘संचार माध्यममा प्राबिधिक खर्चको नाममा घुस दिएका भनिएका बिद्यालयहरु संग आवश्यक प्रमाणहरु माग्ने कार्य भईरहेको’ बताएकी छन् ।

सूर्यप्रकाश कँडेल, सुर्खेत

प्रतिक्रिया दिनुहोस्

थपखोज रिपोर्ट

पानीको संकट एउटै, तीन तहका सरकार तीनतिर

पानीको संकट एउटै, तीन तहका सरकार तीनतिर

कैलालीमा पानी, ताल र जलाधार संरक्षणका नाममा करोडौं रुपैयाँ खर्च भइरहे पनि भूमिगत पानीको सतह घट्दै, ताल खुम्चिंदै र नल्का...
नगर प्रहरी: जनसेवाको संयन्त्र कि सत्ताको लौरो

नगर प्रहरी: जनसेवाको संयन्त्र कि सत्ताको लौरो

स्थानीय तहको सेवा प्रवाह र कानून कार्यान्वयनमा सघाउन संविधानले परिकल्पना गरेको नगर प्रहरी धेरैतिर नागरिकमाथि बल प्रयोग र धरपकडको साधन...
घरझगडामा डुबेको समाज

घरझगडामा डुबेको समाज

बिहे गर्नका लागि नेपालले तोकेको उमेर नपुगेका जोडीले पनि सम्बन्धविच्छेद गरिसकेका हुन्छन् । अनि नेपालको औसत आयुभन्दा बढी उमेरका जोडी...