मेनु

खोज रिपोर्ट

नक्कली डाक्टर धरौटीमा छुटे

-भृकुटी राई: खोजपत्रकारिता केन्द्र






-भृकुटी राई: खोजपत्रकारिता केन्द्र




काठमाडौ जिल्ला अदालतको आदेश बमोजिम ६ महिनादेखि ठगी मुद्धामा पुर्पक्षका लागि थुनामा रहेका हुम्लाका याशे लोडे लामालाई सर्वोच्च अदालतले १० लाख धरौटीमा रिहा गरेको छ । प्रधानन्यायाधीश रामकुमार प्रसाद साह सहितको इजलाशले ठगी मुद्धामा थुनामा रहेका लामालाई २० फागुनमा धरौटीमा छाड्ने आदेश दिएको हो ।




लामाले चित्त अस्पताल हुम्लाका लागि दाताले दिएको आर्थिक सहयोग हिनामिना गरेको, अस्पतालको भौतिक सम्पती निजी बनाएको, नक्कली प्रमाण–पत्र प्रस्तुत गरेको लगायतका अभियोगमा काठमाडौ जिल्ला अदालतले ६ महिना अघि लामालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । लामाले सो आदेश उपर पुनरावेदन गरेकोमा पुनरावेदन अदालत ललितपुरले जिल्ला अदालतकै आदेश सदर गरेको थियो ।




काठमाडौ जिल्ला अदालत र पुनरावेदन अदालत पाटनको आदेश चित्त नबुझेको भन्दै लामा सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्च अदालतले जिल्ला अदालतको आदेश नमिलेको भनेर १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएपछि लामा रिहा भएका छन् । प्रधानन्यायाधीश शाह र न्यायाधीश जगदीश शर्मा पौडेलको इजलाशले लामालाई धरौटीमा रिहागर्ने आदेश गरेको थियो ।




नेपालको दुर्गम र गरिब जिल्ला मध्ये एक हुम्लामा स्वास्थ सेवा दिने उदेश्यले स्थापित चित्त अस्पतालको सम्पती हिनामिना गर्ने, आफनो हितमा प्रयोग गर्ने, नक्कली डाक्टरको प्रमाण पत्र प्रयोग गर्ने निज लामालाई अदालतले रिहा गरेकोमा दाता र हुम्ला वासीहरु चकित भएका छन् । चित्तका कार्यकारी निर्देशक माइकल डुबेले, ‘यस्ता दोषीलाई कानुनले मात्रै ठिक गर्ने भन्दै न्यायव्यवस्था प्रति आफनो पूर्ण भरोसा रहेको’ प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

थपखोज रिपोर्ट

घुम्ती कोषको १२ अर्ब निस्क्रिय

घुम्ती कोषको १२ अर्ब निस्क्रिय

विश्व ब्यांकले सन् २००४ देखि २०१८ सम्म गरीबी निवारण कोष मार्फत सामुदायिक संस्थालाई आयआर्जनका लागि अनुदान दिएको १२ अर्ब चार...
नेपाल प्रिमियर लिग : अपारदर्शिताको बलिङ, भ्रष्टाचारको ब्याटिङ

नेपाल प्रिमियर लिग : अपारदर्शिताको बलिङ, भ्रष्टाचारको ब्याटिङ

खेलाडी, खेलप्रेमीदेखि खेलकुदमा लगानी गर्न इच्छुक कर्पोरेट क्षेत्रसम्मको आत्मविश्वास ह्वात्तै बढाइदिएको नेपाल प्रिमियर लिग कसरी अपारदर्शी खेल र अनियमितताको दलदलमा...
नेताका लहडमा सभाहल : करको फुर्मास, अवस्था बेहाल

नेताका लहडमा सभाहल : करको फुर्मास, अवस्था बेहाल

सरकारले देशभर करीब रु. २६ अर्ब खर्चेर बनाएका सम्मेलन केन्द्र र सभाहलमध्ये अधिकांश सञ्चालनमा छैनन्। स्थानीय आवश्यकता र मागलाई बेवास्ता...