मेनु

खोज रिपोर्ट

नमरेका गाइ मारिए

सुदुरपश्चिममा भएको भनिएको सामुहिक गौ हत्या काण्डको भित्री पाटो -सुमित्रा भट्टराई : खोज पत्रकारिता केन्द्रका लागि 


सुदुरपश्चिममा भएको भनिएको सामुहिक गौ हत्या काण्डको भित्री पाटो




-सुमित्रा भट्टराई : खोज पत्रकारिता केन्द्रका लागि 




कैलाली गोदावरी को बान्द्रेखाल जहाँ पातलो बस्ती अत्तरिया नगरपालिकाबाट गाडीमा ४५ मिनेट समय लाग्न यहाँ पुग्न गाउँका अधिकांस परिवारको जीविका खेतिपातिबाट चल्छ धेरै जसो बाहुन क्षेत्री बसोबास रहेको यो गाउँमा थारुको संख्या थोरै शेरबहादुर भुलको एउटा मात्रै दलित परिवार बान्द्रेखालमा तिनै शेरबहादुरका छोरा देव भुलले गएको साउन १० गते आफ्नै घरको गाइ मारे मदिराको नशामा झुमिरहने देवले किन हो आफनो रिस घरपालुवा जनावरमाथि पोखे गाइ मार्यो ।








                                           -फोटो: अनुराग आचार्य/खोपके




परिवारमा झै झगडामात्र भइरहन्थ्यो देवकी श्रीमतिले गएको साल फागुनदेखि घर छोडेकि थिइन कहाँ गइन् अत्तोपत्तो छैन दुइटी छोरी बिहे गरेर आफनो घर गइसके एउटा छोरा स्थानीय रुटमा चल्ने गाडिमा सहचालक छन् अर्का गाउँतिरै अर्काको घरमा काम गर्छन बावुको मदिरा पिउने आदतले परिवारको अवस्था दयनीय आमा तुलसीले भनिन, ‘देवले के को रिस पोख्न हो, गाइ मार्यो ।




राम्रो दुधालु थियो गाई अर्काको बाली खान गएपछि देवले वारी खन्ने कोदालोले गाईलाई हिर्काए भुल जाति पहिले पहिले गाइको मासु खान्थे आमा तुलसी भन्छिन, ‘जातले पाएको हो, अचेल समाजमा बस्दा अरुलाई असर पर्छ भनेर गाइको मासु खान छोडेका छौ कानुनत गाइ मार्नु अपराध हो देव भुल अहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा अनुसन्धानका क्रममा थुनामा छन्




यही बीचमा कैलाली पटेलामा अर्को एउटा गाइ घाइते अवस्थमा भेटियो बेली सामुदायिक वन पटेला सामुदायिक वनको बिचमा भेटिएको त्यो गाइको जिउमा चोट लागेको थियो नालीमा पल्टीरहेको गाई देखेपछि वनमा घाँस काट्न गएकाहरुले प्रहरीलाई खबर गरे




श्रावण १० गते प्रहरी सो स्थानमा पुग्यो प्रहरीसंगै राष्ट्रिय मठ मन्दीर समन्वय समितिका व्यवस्थापक हरि न्यौपाने, राप्रपा नेपाल कैलालीका कार्यकर्ता केहि पत्रकार सहितको टोली घटनास्थल पुग्यो घाइते गाइलाई उपचारका लागि धनगढी स्थित पशु स्वास्थ कार्यालयमा पु¥याइयो उपचारका क्रममा घाइते गाइ मर्यो । नजिकैको मोहना खोलामा गाडियो   




भोलीपल्टबाट जुलुस निस्किए । राष्ट्रिय मठ मन्दीर समन्वय समितिका व्यवस्थापक हरि न्यौपानेले आफुहरु घटनास्थलमा पुग्दा त्यहाँ ६/७ वटा गाई मारेर पुरिरहेको देखेको बताए । घटना अनुसन्धान गरिरहेका प्रहरी निरिक्षक सूर्यबहादुर चन्दले गाइ मारिएको प्रमाण नभएको बताउदै भने ‘गाउँदेखिपर र सामुदायिक वन भएको सो स्थानमा पुराना केही हाडखोर थिए, जसलाई गाइगोरु कै हो भनिहाल्न सकिन्न ।’




घटनास्थल वरपर डगौरा थारुहरुको बस्ती जो हिन्दु धर्म मान्छन् सामुदायिक वनको बीचमा रहेको सो स्थानमा घाँस काट्न मात्रै जान्छन स्थानियहरु स्थानीयहरुका भनाइमा,  एकान्त ठाउँ भएका कारण कतिपयले बुढा रोगी गाइवस्तु ल्याएर छोडने गर्छन ।  




यहि घटनालाई लिएर अहिले हिन्दु राष्ट्र संघर्ष समितीले आन्दोलन गरिरहेको समितीले पटेलाको वनमा / वटा गाइकोसामुहिक हत्या’ भएको भन्दै घटनाको विरोधमा साउन १६ गते सुदूरपश्चिम बन्दको आह्वान गर्यो  गौ हत्याको घटनाप्रति पार्टिको गम्भिर ध्यानाकर्षण भएको भन्दै राप्रपा नेपालले विज्ञप्ती जारी गर्यो। विज्ञप्तीमा राजनीतिमा  काँग्रेस, एमाले माओवादी पनि जोडिए १५ साउनमा उनीहरुले सामुहिक गौ हत्या नभएको जनतालाई भ्रममा नपर्न आग्रह गरेर विज्ञप्ती निकाले हिन्दु राष्ट्र संघर्ष समितीले हिन्दु राज्य स्थापना गौहत्यामा संलग्नलाइ कारवाहीको माग गर्दै चरणवद्ध रुपमा आन्दोलन गरिरहेको यस क्रममा साउन २० गते धनगढीका केही स्थानमा सिट्ठी जुलुस कैलालीको अत्तरियामा प्रदर्शन समेत भयो आयोजक हिन्दु स्वयं सेवक संघ कञ्चनपुरका अगुवा कार्यकर्ता हर्केस बिष्ट बिष्ट भन्छन, ‘धनगढीको पटेलामा अधर्मीहरुबाट /१० वटा गाइ मारेको सुनेका छौ यसैलाई उनीहरुले आन्दोलनको मुख्य बिषय बनाएका छन्




यही सुनेको कुराका भरमा अहिले सुदुरपश्चिम अशान्त बन्द, चक्काजाम नारा जुलुश भइरहेको धनगढीका एकजना स्थानीय भन्छन, ‘ठुलो विपत् निम्त्याउन सानो घटना नै काफी हुन्छ भन्ने पाठ  हामीलाई २०५४ सालमा नेपालगंजमा भएको हिन्दु मुस्लीम दंगाले सिकाइ सक्यो । अब पनि नसिक्ने ?




 


प्रतिक्रिया दिनुहोस्

थपखोज रिपोर्ट

२४४ करोडको सहकारी स्क्यामः सञ्चालकले गरे अपचलन, चुके स्थानीय–प्रदेश सरकार

२४४ करोडको सहकारी स्क्यामः सञ्चालकले गरे अपचलन, चुके स्थानीय–प्रदेश सरकार

ललितपुरको लगनखेलस्थित गतिशील सहकारीका पहुँचवाला सञ्चालकले साढे २ अर्ब अपचलन गरेर बचतकर्ताको बिल्लीबाँठ बनाएका छन्। ठिकठाक चलिरहेको सहकारीमा रचिएको यो...
बाघ संरक्षणको मूल्य चुकाउँदैछन्, जंगलछेउका गरीब

बाघ संरक्षणको मूल्य चुकाउँदैछन्, जंगलछेउका गरीब

नेपालले बाघको संख्या दोब्बरभन्दा बढी बनाएर अन्तर्राष्ट्रिय मञ्चमा वाह्वाही पाइरहँदा बाँके र बर्दियाका बाघ पीडितहरू लाखौंको ऋणमा डुबिरहेका छन्। उपचारका...
राउटेको भत्तामै भ्रष्टाचार, ‘मूलप्रवाहीकरण’ले बढायो जोखिम

राउटेको भत्तामै भ्रष्टाचार, ‘मूलप्रवाहीकरण’ले बढायो जोखिम

नेपालको अन्तिम फिरन्ते समुदाय राउटे बाह्य हस्तक्षेप र मूलप्रवाहीकरणको नाममा भइरहेका कार्यक्रमका कारण अस्तित्वकै संकटमा छ। उदेकलाग्दो त यो समुदायका...