फलाेअप
![स्मार्ट लाइसेन्स प्रकरण : नागरिकको व्यक्तिगत विवरण विदेशी कम्पनीलाई दिन सर्वोच्च अदालतद्वारा रोक](https://www.cijnepal.org/wp-content/uploads/2017/03/1000.jpg)
सर्वोच्च अदालतले नेपाली नागरिकको व्यक्तिगत विवरण कुनै विदेशी कम्पनीलाई दिने कार्य तत्काल रोक्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले आइतबार ड्राइभिङ्ग लाइसेन्सलाई डिजिटल गराउने कार्य गर्दा नेपाली नागरिकको व्यक्तिगत विवरण विदेशी कम्पनीको हातमा जाने भएकोले तत्काल सो कार्य रोक्न नेपाल सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको इजलाशले सो आदेश जारी गरेको हो । अधिवक्ता भक्तिराम घिमिरेले दायर गर्नुभएको रिट निवेदनको सुनुवाइ गर्दै अदालतले ‘नागरिकको व्यक्तिगत विवरण जस्तो संवेदनशील विषय विदेशी कम्पनीको हातमा जाने र त्यसले सुरक्षा संवेदनशीलतामा असर पर्ने भन्दै मुद्दाको अन्तिम किनारा नहुँदासम्म सो कार्य रोक्नु’ भनी सरकारका नाममा अन्तरिम आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘ड्राइभिङ्ग लाइसेन्सलाई डिजिटल गराउने कार्य गर्दा नेपाली नागरिकको व्यक्तिगत विवरण विदेशी कम्पनीको हातमा जाने र सुरक्षा संवेदनशीलतामा समेत असर पर्ने भएको हुँदा प्रस्तुत मुद्दाको फैसला नहुँदासम्म विपक्षीहरूलाई नेपाल भित्र, नेपाल सरकारको नियन्त्रणमा डाटा स्टोर हुने र विदेशीको हातमा नजाने व्यवस्था मिलाउन सर्वाेच्च अदालत नियमावलीको नियम ४१ बमोजिम अन्तरिम आदेश जारी गरिएको छ ।’ मुद्दाको पेशी २५ वैशाखमा तोकिएको छ । हिमाल खबरपत्रिका मा प्रकाशित खोज पत्रकारिता केन्द्र को अनुसन्धानमूलक समाचारले नागरिकका संवेदनशील व्यक्तिगत विवरणहरू विदेशी कम्पनीलाई दिने काम सरकारी निकायबाटै भइरहेको खुलासा गरेको थियो । सोही समाचारमा आधारित भएर अधिवक्ता घिमिरेले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सो रिट निवेदकका पक्षबाट अधिवक्ताहरू रमेश बडाल, विजय मिश्र, हरि फुँयाल, टीकाराम भट्टराई, विनय रेग्मी, मनोजकुमार शर्मा र टीका कुँवरले बहस गर्नुभएको थियो । स्मार्ट लाइसेन्स : नागरिकको व्यक्तिगत विवरण मुलुक बाहिर
थपफलाेअप
![टियर ग्याँस प्रयोगमा प्रश्न उठेपछि नेपाल प्रहरी भन्छ– ‘भीड नियन्त्रण गर्न अब पानीको फोहोरा ।’](https://www.cijnepal.org/wp-content/uploads/2020/06/00_MG_3474.jpg)
टियर ग्याँस प्रयोगमा प्रश्न उठेपछि नेपाल प्रहरी भन्छ– ‘भीड नियन्त्रण गर्न अब पानीको फोहोरा ।’
प्रजु पन्त: खोज पत्रकारिता केन्द्र२९ जेठ २०७७ मा प्रधानमन्त्री निवास बालुवाटर घेर्न पुगेका प्रदर्शनकारीलाई नेपाल प्रहरीले भाटभटेनीबाट अघि बढ्न दिएन...![नेपाली कामदार ठगी प्रकरण : मलेशियामा कारबाही, नेपालमा संरक्षण](https://www.cijnepal.org/wp-content/uploads/2018/10/image1.jpeg)
नेपाली कामदार ठगी प्रकरण : मलेशियामा कारबाही, नेपालमा संरक्षण
गरीब नेपाली कामदार ठगिएको मामिलामा मलेशियाले आफ्ना पूर्व गृहमन्त्रीलाई समेत पक्राउ गरेर छानबिन थालेको छ तर नेपालमा भने यो कसुरमा...![फलोअप : जथाभावी डोजर, भयावह परिणाम](https://www.cijnepal.org/wp-content/uploads/2018/07/Road-dozer-story-photo-bajhang-20.jpg)
प्रतिक्रिया दिनुहोस्