मेनु

प्यान्डोरा पेपर्स

प्यान्डोरा पेपर्सः असमानता विरुद्‌ध को शुरूआती लडाइँ

अफशोर कम्पनी मार्फत गरिने कारोबारमा प्रयोग हुने मूलतः कालो धन नै हो । जुन प्रायशः कर छली र भ्रष्टाचारबाट सिर्जना भएको हुन्छ । यस्तो कारोबारकै कारण शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायत मुलुकका तल्लो तहका नागरिकसम्म सेवा पुर्‍याउने राष्ट्रिय क्षमतामा ह्रास गराइरहेको छ ।सम्पादकीय

अफशोर कम्पनी मार्फत गरिने कारोबारमा प्रयोग हुने मूलतः कालो धन नै हो । जुन प्रायशः कर छली र भ्रष्टाचारबाट सिर्जना भएको हुन्छ । यस्तो कारोबारकै कारण शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायत मुलुकका तल्लो तहका नागरिकसम्म सेवा पुर्‍याउने राष्ट्रिय क्षमतामा ह्रास गराइरहेको छ ।
सम्पादकीय
अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नलिष्ट’ (आईसीआईजे) ले अफशोर लगानी सम्बन्धी अहिलेसम्मकै ठूलो खोज गरेको छ, प्यान्डोरा पेपर्स मार्फत ।
विश्वका प्रभावशाली नेता, राजनीतिकर्मी, व्यवसायी र शक्तिशाली व्यक्तिहरूले अवैध तरिकाले कमाएको धन वैध बनाउन कसरी ‘ट्याक्स हेभन’ (सम्पत्तिको स्रोत नखोजिने र जवाफदेही हुनुनपर्ने) देशमा पुर्‍याएर एउटा समानान्तर अर्थतन्त्र चलाइरहेका छन् भन्ने खुलासा यसले गरेको छ ।
अफशोर खातामा रकम जम्मा गर्ने र शेल कम्पनी मार्फत कारोबार गर्नुको मुख्य उद्देश्य अवैध तरिकाले आर्जित रकम लुकाउने, देशलाई कर नतिर्ने र त्यही रकम वैदेशिक लगानीका नाममा फेरि स्वदेश भित्र्याउने खेल नै हो । यो चक्रले असमानता बढाउने, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकासमा अवरोध गर्ने मात्र होइन तस्करी र गैरकानूनी गतिविधि समेत बढाउँछ । यो छायाँ अर्थतन्त्रले अन्ततोगत्वा विश्व अर्थ–व्यवस्थालाई नै कमजोर बनाएर सीमित व्यक्तिलाई समृद्ध बनाउँछ ।
आईसीआईजेले ९० देशका ३३० जनाभन्दा धेरै राजनीतिकर्मी, विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, व्यवसायी, सरकारी अधिकारी, सेलेब्रेटी र अपराधमा संलग्नहरूले समेत अफशोर खाता र शेल कम्पनी मार्फत अवैध रकम लुकाएको र छायाँ अर्थतन्त्र चलाइरहेको खुलासा गरेको छ ।
प्यान्डोरा पेपर्सले खुलासा गरेको अफशोर खाता र शेल कम्पनीमा १६ जना नेपालीको नाम पनि जोडिएको छ । यसको अर्थ हो कर छली गरेको ठूलो रकम विदेशमा लुकाउने, अवैध तरिकाले कमाएको रकम विदेश पु¥याएर त्यसलाई ‘वैध’ बनाएर विभिन्न ठाउँमा लगानी गर्ने वा फेरि नेपाल भित्र्याउने काममा नेपालीको पनि संलग्नता छ ।
आईसीआईजे
सहभागी मिडिया र पत्रकारले केलाएका रेकर्ड
प्यान्डोरा पेपर्स खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र (आईसीआईजे) को नेतृत्वमा ११७ देशका ६०० भन्दा बढी पत्रकारको सहभागितामा गरिएको खोज हो । यो खोजमा १४० भन्दा बढी सञ्चारमाध्यम र सञ्चार संस्थाहरू सहभागी थिए । प्यान्डोरा पेपर्स विश्वका १४ वटा बिचौलिया कम्पनी (ल फर्म) तथा सेवा प्रदायकले राखेका रेकर्ड गोप्य स्रोतबाट प्राप्त भएपछि गरिएको खुलासा हो । यसका लागि १ करोड १९ लाख भन्दा बढी दस्तावेज (फाइल्स) केलाइएको थियो ।‍ यी विभिन्न दस्तावेजको डिजिटल परिमाण २.९४ टेराबाइट्स छ । सेवा प्रदायकले रेकर्डमा राखेका अधिकांश कागजात सन् १९९६ देखि २०२० सम्मका हुन् । तर, कतिपय रेकर्डहरू सन् १९७० का पनि छन् । यो लिक्समा सन् १९७१ देखि २०१८ सम्म खोलिएका कम्पनीहरूको विवरण छ ।
आईसीआईजेले विश्वका विभिन्न सञ्चारमाध्यमसँग मिलेर सन् २०१३ देखि सन् २०२१ सम्म गरेका खुलासामध्ये प्यान्डोरा पेपर्स सबैभन्दा ठूलो खुलासा हो ।
प्यान्डोरा पेपर्समा नेपाल
नेपालमा यो खुलासाका लागि खोज पत्रकारिता केन्द्रको नेतृत्वमा पत्रकार, मेन्टर, सम्पादक र फ्याक्ट चेकर सहित पाँच वटा संस्था र फ्रिलान्सर गरी १४ जनाको सहभागिता थियो । खोजका लागि विदेशका ६ जना पत्रकारको समेत सहयोगमा झण्डै एक वर्ष लगाएर नेपाल र विदेशका विभिन्न नागरिककोे अफशोर लगानी र कारोबारबारे अनुसन्धान गरिएको थियो ।
कोरोना महामारीबीच नेपालमा मात्रै झन्डै ५० जना व्यक्तिसँग यस विषयमा सोधखोज, अनौपचारिक कुराकानी तथा अन्तर्वार्ता गरिएको थियो ।
प्यान्डोरा पेपर्स खुलासाका क्रममा नेपाल जोडिएका इमेल, वर्ड फाइल, पीडीएफ फाइल र तस्वीर लगायत विभिन्न कागजपत्रका झण्डै चार हजार दस्तावेज (फाइल्स) केलाइएको थियो ।
प्यान्डोरा पेपर्सले खुलासा गरेको अफशोर खाता र शेल कम्पनीमा १६ जना नेपालीको नाम हुनुको अर्थ हो, कर छली तथा अवैध तरिकाले कमाएको रकम विदेश पुर्‍याएर त्यसलाई ‘वैध’ बनाएर विभिन्न ठाउँमा लगानी गर्ने वा फेरि नेपाल भित्र्याउने काममा नेपालीको पनि संलग्नता छ ।
दण्डनीय अपराध
नेपालको कानूनले राष्ट्र बैंकको स्वीकृति विना आफ्ना नागरिकलाई विदेशमा लगानी गर्न रोकेकाले पनि नेपालीले विदेशमा लगानी गर्नु दण्डनीय अपराध हो ।
यसअघि आईसीआईजेसँगको सहकार्यमा खोज पत्रकारिता केन्द्रले यस्तै अफशोर लगानीबारे नेपालिक्स खुलासा गरेको थियो । तर, अफशोर लगानी गर्ने कसैलाई पनि अहिलेसम्म कारबाही भएको सार्वजनिक जानकारीमा आएको छैन । त्यसबाट पुष्टि हुन्छ– अफशोर लगानी गर्नेहरूलाई अधिकारसम्पन्न निकाय र राजनीतिज्ञको प्रत्यक्ष/परोक्ष संरक्षण छ । आईसीआईजेका निर्देशक जेरार्ड रायल भन्छन्, “जसले यस्तो समानान्तर अर्थ–व्यवस्थालाई रोक्न सक्छन् उनीहरू नै यसबाट लाभान्वित भइरहँदा यो चाँडै रोकिने सम्भावना देखिन्न । त्यसैले विश्वभरबाट आम मानिसले यस विरुद्ध आवाज उठाउनु जरूरी छ, किनभने यसले गरीबी बढाउँछ, असमानता निम्त्याउँछ ।”
हुन पनि अफशोर कम्पनी मार्फत गरिने कारोबारमा प्रयोग हुने मूलतः कालो धन नै हो । जुन प्रायशः कर छली र भ्रष्टाचारबाट सिर्जना भएको हुन्छ । सम्बन्धित मुलुकमै ठूलो परिमाणमा यस्तो धन सहजै प्रयोग गर्न नसकिने हुँदा मुद्रा निर्मलीकरण (मनी लाउण्ड्रिङ) का लागि यो कारोबार भइरहेको छ । अर्थात् राष्ट्रको ढुकुटीमा पुग्नुपर्ने धन अफशोर कारोबार मार्फत केही सीमित व्यक्तिलाई धनी बनाउन प्रयोग भइरहेको छ । यस्तो कारोबारकै कारण शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायत मुलुकका तल्लो तहका नागरिकसम्म सेवा पु¥याउने राष्ट्रिय क्षमतामा ह्रास गराइरहेको छ ।
कालो धनले आर्थिक अस्थिरता ल्याउँछ । अन्तर्राष्ट्रिय स्तरमा विनिमय दरलाई प्रभावित बनाउने, शेयर बजारमा अस्वाभाविक उतार–चढाव गराउने आदिमा पनि कालो धनको भूमिका हुन्छ । निर्वाचनमा धाँधली, सांसदको खरिद बिक्री जस्ता कृत्यमा प्रयोग हुने पनि विना परिश्रमको यस्तै अवैध आर्जन नै हो । राजनीतिक–सामाजिक अस्थिरतामा मात्र होइन आतंकवादमा पनि कालो धन प्रयोगको जोखिम हुन्छ ।
यसैबीच नेपाल सरकारले आम्दानीको स्रोत नखुलाई निश्चित क्षेत्रमा लगानी गर्न दिने व्यवस्था यसै वर्षको बजेट मार्फत गरेको छ । यस्तो व्यवस्थाले अवैध आर्जन गरेर विदेश पुर्‍याइएको अवैध धनलाई वैध बनाएर नेपाल ल्याउने बाटोलाई सहज बनाइदिनेछ । स्रोत नखुलेको सम्पत्तिलाई लगानीको अवसर दिंदा सम्पत्तिको शुद्धीकरणबारे नेपालकोे अन्तर्राष्ट्रिय प्रतिबद्धतामा पनि प्रश्न उठ्नेछ ।
यस्तो व्यवस्थाले नेपालमा लगानीको वातावरण बिग्रिने र विदेशका बैंक तथा वित्तीय संस्थासँगको कारोबारमा पनि जटिलता आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

थपप्यान्डोरा पेपर्स

ट्याक्स हेभन मुलुकमा चौधरी ग्रुपका परिवारैको लगानी

ट्याक्स हेभन मुलुकमा चौधरी ग्रुपका परिवारैको लगानी

अमेरिकी व्यापारिक पत्रिका फोब्र्सको सूचीका एक मात्र नेपाली अर्बपति (अमेरिकी डलरमा) विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा...
नेपाली कामदारमाथि शोषण गरिरहेको टप ग्लोभका सञ्चालकको अफशोर लगानी

नेपाली कामदारमाथि शोषण गरिरहेको टप ग्लोभका सञ्चालकको अफशोर लगानी

मलेशियन पञ्जा उत्पादक कम्पनी ‘टप ग्लोभ’ले नेपाली सहित आप्रवासी कामदारमाथि श्रमशोषण गरेर नाफा कमाउने र त्यो रकम कर छल्ने नियतले...
राधेश्याम सराफ : अफशोर कम्पनीबाट लगानी गरेर हायात कब्जा

राधेश्याम सराफ : अफशोर कम्पनीबाट लगानी गरेर हायात कब्जा

विभिन्न कालखण्डका अनेकन् सरकारी/सार्वजनिक प्रतिवेदन अनुसार तारागाउँ रिजेन्सी होटल सञ्चालनमा हरतरहले कानूनको उल्लंघन गर्दै आएको राधेश्याम सराफ परिवारले यहाँको आम्दानी...