परिचय
खोज पत्रकारिता केन्द्र, नेपाल सन् १९९६ मा स्थापना भएको संस्था हो । यो संस्था मुलत: तीन काम– पत्रकारहरूलाई तालीम दिने, मेन्टरिङ गर्ने र खोज रिपोर्टहरु उत्पादन गर्ने काममा केन्द्रित छ । सत्तालाई सत्यसँग साक्षात्कार गराउने, अधिकारीहरूलाई जवाफदेही बनाउने र खोज पत्रकारिताका माध्यमबाट नेपालमा पारदर्शिता र जवाफदेही प्रवर्द्धन गर्ने काममा खोपके नेपाल निरन्तर प्रयासरत छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरू, मुख्यधारा मिडियाका प्रकाशक, सम्पादक, र रिपोर्टरहरूको उदार सहयोगमा, खोपके, नेपालले पत्रकारिताको गुणस्तर सुधारका लागि प्राविधिक, लजिस्टिक, र सम्पादकीय सहयोग उपलब्ध गराउँदै आएको छ।